२०८० जेष्ठ १९ शुक्रबार | ०३:१५ बजे

उम्मेद्वारी दर्ताको रमझम

Share on facebook
Share on telegram
Share on email
Share on whatsapp
Share on print
Photo by Maniram Lamichhane
Photo by Maniram Lamichhane

भक्तपुर । यहि  आउँदो बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि आज उम्मेद्वारले मनोनयन दर्ता गराउने अन्तिम दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता वाजागाजा सहित उत्रिएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको लागि उम्मेद्वारी दर्ता गराउन वाँसवारी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा मनोनयन दर्ता गराउनेको भिड देखिएको छ । निर्वाचन कार्यालयले उम्मेद्वारी दर्ता गराउन हिजो ११ गते र आज साँझ ५ बजेसम्म अन्तिम समय तोकेकोमा अधिकांश पार्टीका उम्मेद्वारले आज अन्तिम समयमा आफ्नो मनोनयन दर्ता गराउन आएपछि तालिम केन्द्रको गेटमा भिड हुन पुगेको हो । एकै पटक ठूलो संख्यामा उम्मेद्वारी दर्ता गराउन आएपछि निर्वाचन कार्यालयबाट खटिएका कर्मचारीलाई पनि काम गर्न कठिन भएको छ । धेरै जनाको उम्मेद्वारी चेक जाँच गरेर मात्र दर्ता गरिने भएकोले यो कार्य सम्पन्न गर्न साँझसम्म लाग्ने एक कर्मचारीले जनाए ।  भिडका कारण सडकमा सवारी आवागमन बन्द हुन पुगी कितपय सवारी साधन अन्त्र मोडिएका छन् ।  

Copyright ©️ हाम्रो समाज
Designed by: Mercury