
भक्तपुर । चुनावी प्रचारप्रसारमा सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । कांग्रेस प्रत्येक वडामा चुनावी प्रचारप्रसार र घरदैंलो अभियान तिव्रताका साथ अगाडि बढेको छ । नेपाली काँग्रेस लगाएत नेकपा(एस) नेतृत्वको लोकतान्त्रिक गठबन्धन आफ्नो पक्षमा जनमत बटुलिएको निष्कर्षमा पुगेको छ ।
घरदैंलो कार्यक्रममा नागरिकहरु उत्साहजनरुपमा सहभागि भएको र काँग्रेस नेतृत्वको पक्षमा मतदान गर्न प्रतिक्षारत रहेको आंकलन उम्मेदवारहरुले गरेका छन् ।
सूर्यविनायक नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार निशान ढुंगेल नागरिक समाजका सबैखाले मतदाता उत्साहकजनक रुपमा चुनावी प्रचार, प्रसार र घरदैंंलो कार्यक्रममा सहभागि भईरहेको र नेपाली काग्रेसको पक्षमा जनमत बढिरहेको बताउँनुहुन्छ ।
‘पार्टीका नेता, कार्यकर्ता, काग्रेस र गठबन्धनमा आवद्ध दलका समर्थक र कुनै पनि पार्टीमा नलागेका ठूलो संख्याका मतदाता काग्रेस नेतृत्वको पक्षमा रहेका छन्’ ढुंगेल भन्नुहुन्छ‘ हाम्रो पक्षमा मतदाता बढ्दै छन्, निर्वाचनको परिणाम हाम्रो पक्षमा आउँछ ।’
एमाले नेतृत्वको स्थानिय सरकारको समयमा नगरमा भष्ट्रचार मौंलाएको, आफ्ना कार्यकर्तालाईमात्र लाभ हुने काम गरेकोले एमाले प्रति एमाले पार्टीकै मतदातामा निरासा छाएको पाएको बताउँदै ढुंगेलले भन्नुभयो ‘एमाले पार्टी विभाजन तथा उनीहरुले स्थानिय तहमा रहँदा गरेका भष्ट्रचारबाट आजितहरु कांग्रेसको पक्षमा आउँने देखिदैंछ ।’
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट उपप्रमु्ख पदको उम्मेदवार नेकपा( एकिकृत समाजवादी)का श्यामसुन्दर बस्नेत घरदैंलो कार्यक्रम एकदमै उत्साहजनक रहेको बताउँनुहुन्छ ।
‘हामीलाई जिताउन जनता आतुर छन्’ बस्नेतले भन्नुभयो ‘ मतदाताले बाटो, पानी, ढल जस्ता विकासका कामको माग गर्नुभएको छ, हामी जनताका त्यस्ता माग पुरा गर्न तयार छौं।’
एमाले पार्टी विभाजित भएको अवस्था भएपनि आफूलाई पार्टीका नेता, कार्यकर्ताले विश्वास गर्ने बताउँर्दै बस्नेत भन्नुहुन्छ ‘मलाई कम्यूनिष्टहरुको सेवक, कार्यकर्ताको सहयोगी भनेर चिन्दछन्, एमाले पार्टीको कार्यशैली र नेताबाट आजित ठूलो संख्याका मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने विश्वास छ ।’
नेपाली कांग्रेसका महाधिवेशन सदस्य तथा कांग्रेस सूर्यविनायक नगर समिति, चुनाव परिचालन समितिका संयोजक विष्णुराज कार्की, विगतका चुनावको तुलनामा जनतामा उत्साह देखिएको बताउँनुहुन्छ । ‘जनता भष्ट्रचारको विपक्षमा छन्, राजनीतिक आडमा हुने भष्ट्राचार र कमिशन खोरीबाट जनता पीडित छन् ‘ कार्की भन्नुहुन्छ ‘ जनताका जनप्रतिपनिधिहरु जनताका सेवक हुन्, शासक हुनुहुँदैन भन्ने मान्यता जनस्तरमा जनतामा छ, मतदाता हाम्रो पक्षमा छन् ।’
सूर्यविनायक नगर भित्र ३ हजार ३ सय ३३ क्रियाशिल सदस्यहरुलाई चुनावमा परिचालन गरिएको बताउँदै कार्की भन्नुहुन्छ ‘हाम्रो तयारी राम्रो छ, युवाहरु स्वंयसेवी भएर खटेका छन्, महिलाहरु घरघरमा पुगेर चुनाव प्रचारमा सक्रिय हुनुहुन्छ।’
तरुण दल, भक्तपुरका अध्यक्ष राजु थापा, सूर्यविनायक नगर क्षेत्रमा तरुण दलमा आवद्ध युवाहरु कोरोना महामारीकै समयदेखी जनताको घरदैंलोमा पुगेर सेवा गरेका गरेको बताउँनु हुन्छ । ‘ निर्वाचित पदाधिकारीहरु महामारीको समयमा घरमै आराम गरिरहेको बेला तरुण दलका साथीहरु जनताको घरघरमा पुगेर स्यानिटाइज्, माक्स र खाद्यान्न वितरण गरका छौं, जनताबीच हामी परिचित छौं’ थापा भन्नुहुन्छ ‘ हामी भष्ट्रचार र नगरमा हुने विकृति विरुद्ध आक्रामक रुपमा लाग्दै आएका छौं ।
थापाका अनुसार चुनावमा युवाहरु लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लागिपर्ने बताउँनुहुन्छ । ‘चुनाव प्रचार, प्रचार,मतदातालाई सिकाउने लगायतका काममा साथीहरु लाग्नु हुनेछ’ थापा भन्न्ुह्ुन्छ ‘लोकतन्त्र र संविधानको रक्षाका लागि युवाहरु लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा सक्रिय हुनुहुन्छ ।’
काग्रेस सूर्यविनायक नगर समितिका युवा परिचालन संयोजक सुभाष कार्कीका अनुसार चु्नावलाई ध्यानमा राखेर काग्रेस र नेकपा(एकिकृत समाजवादी) का २० जना युवाहरुको नगर स्तरीय समिति गठन भएको छ भने वडा वडामा पनि २० भन्दा बढी युवाहरुको समिति गठन भएको छ । ‘हामी घरदैंलो कार्यक्रम, भोट माग्ने, भोट हाल्न सिकाउने लगायतका काममा लागेका छौं’ कार्की भन्न्ुह्न्छ ‘ हामी आक्रामक रुपमा युद्ध स्तरमा लागेका छौं, हामी बुथमा आइपर्ने सुरक्षा लगायतका सबै कामका लागि तम्तयार छौं ।’
नगरका १० वटै वडामा प्रचार, प्रचार र उम्मेदवारहरुको घरदैलो कार्यक्रम संचालन भइरहेको नेपाली काग्रेस सूर्यविनायक नगर समितिका सचिव विश्वराज थापा बताउँछन् ।‘ आचार संहिताको पालना गर्दे नगरका सबै वडामा प्रचारलाई तीव्रता दिएको थापाको भनाई छ ।
काग्रेस सूर्यविनायक नगर समितिको महिला संयोजक सुनिता खत्री नगर मित्रका ६१ वटै टोल समितिका महिलाहरु आ¬आफ्नो टोलमा सक्रिय रहेको बताउनुहुन्छ । ‘प्रत्येक टोल समितिबाट ४, ५ जना महिला दिदीबहिनीहरुले चुनाव केन्द्रीत हुने गरी टोली बनेको छ ।’