हाम्रा कुरा
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पत्रपत्रिकाको दर्ता नं. ६५/०६३/६४ मा दर्ता भई हाम्रो समाज साप्ताहिकको नामबाट हामीले साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएको कुरा सर्व विदितै छ । पत्रिकाले मात्र पाठकको माग पुरा गर्न नसकेपछि हामीले hamrosamaj.com.np नामको वेभ साइट खोली हाम्रा प्रशासनहरु उक्त वेभ साइट मार्फत प्रकाशित गर्दै आएका थियौं । प्राविधिक कारणले उक्त साइट बन्द हुन पुग्दा हाम्रा पाठकहरु समक्ष खुराक पुराउन नसकेकोमा हामीलाई दुख लागेको छ । पछिल्लो समय संसार हल्लाउने रोगव्याधी आएपछि पत्रिका हाम्रा ग्राहक समक्ष पु¥याउन कठिन भएको हुँदा वेभसाईट मार्फत भए पनि चाहियो भन्ने हाम्रा ग्राहक, शुभचिन्तकको माग बढेपछि हामीले हाम्रो साइटलाई पुन सञ्चालनमा ल्याउने निर्णय गरेको कुरा यहाँँहरुलाई अवगत गराउन चाहन्छु ।
समय परिस्थिति अनुसार मिडिया चल्न सकेन भने त्यसले पाठकको माग पूरा गर्न सक्दैन । हामीले पनि हाम्रो समाज मार्फत पाठकको खुराक पूरा गर्दै आएकोमा पछिल्लो समय प्रिन्ट मिडिया भन्दा इलेक्ट्रोनिक मिडिया प्रभावकारी हुने र देश विदेशमासमेत सहजै पुग्ने भएकोले सोही अनुसारको माग भएको हुँदा आजका दिनबाट पुरानै साइट hamrosamaj.com.np लाई निरन्तरता दिने निर्णय गरी सञ्चालनमा ल्याएका छौं । हाम्रो मिडियामार्फत विभिन्न ज्ञानमूलक, सूचानामूलक तथा मनोरञ्जनका सामाग्री प्राप्त गरी लाभ लिनु भएका पाठकहरुले वेभसाइट मार्फत अझै सजिलै सेवा प्राप्त गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं । खासगरी गर्गगोत्रीय बन्धुहरुलाई लक्षित गरी सुरु गरिएको यो मिडियाले अहिले धेरैको मन जित्न सफल भएको प्रतिक्रिया हामीलाई प्राप्त भएको पनि म जानकारी गराउन चाहन्छु ।
हाम्रो लक्ष्य भनेको आफ्ना ग्राहक, शुभचिन्तकहरुलाई विभिन्न सेवा प्रदान गर्नु नै हो । पछिल्लो समय बजारमा अनेक वाहियात र बेकाम्मे सामाजिक सञ्जालले भ्रम सिर्जना गर्ने गरेको देखेर पनि सत्य तथ्य सूचना देश विदेशमा बस्ने नागरिकलाई आवश्यक भएको देखियो । त्यसको पूर्ति गर्न पनि हामीले यो साइटको आवश्यकता महसुस गरी यसलाई सञ्चालनमा ल्याएका छौं । हामीले हर सम्भव पाठक समक्ष सत्य तथ्य समाचार तथा सहि सूचना पस्कने प्रयास गर्ने छौं । हामीलाई आशा छ हाम्रा पाठकले हिजोका दिनमा जस्तै माया गर्नु हुनेछ । जसले गर्दा हामीलाई हौसला मिल्न गई समाजमा रहेको विकृति र विसंगतिलाई चिर्दै अगाडि बढ्न थप प्रोत्साहन मिल्ने छ ।