२०८० जेष्ठ १९ शुक्रबार | ०३:३८ बजे

पूर्व सुरक्षाकर्मीको सहकारी उद्घाटन

Share on facebook
Share on telegram
Share on email
Share on whatsapp
Share on print

भक्तपुर । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, ब्रिटिस गोर्खा, भारतीय गोर्खा तथा सिंगापुर पुलिसबाट अवकार प्राप्त पूर्व सुरक्षाकर्मीहरुको साझा चौतारी पूर्व सुरक्षाकर्मी परिषद नेपाल र उक्त संस्थाद्वारा संचालित पूर्व सुरक्षाकर्मी कल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. को जिल्ला शाखा भक्तपुर र ललितपुरको आज विधिवत उद्घाटन भएको छ ।

                भक्तपुरको सृजनानगर र ललितपुरको ग्वार्कोमा कार्यालयको विधिवत उद्घाटन गर्दै संस्थाका केन्द्रीय अध्यक्ष के वी राउतले पूर्व सुरक्षाकर्मीले अव देशको बारेमा चिन्ता लिनु पर्ने वेला आएको बताउनुभयो । सरकारले देशमा रोजगारी सृजना गर्न नसक्दा शिक्षित युवा विदेशिन बाध्य भएको भन्दै अध्यक्ष राउतले पूर्व सुरक्षाकर्मी कल्याण बहुउद्देस्यीय सरकारीले अव देशमै रोजगारी सृजना गर्न पुँजी परिचालन गर्ने बताउनुभयो । हाललाई काठमाडौं उपत्यकामा मात्र शाखा खोली कारोवार गर्ने र आगामी दिनमा ७७ जिल्लामा नै शाखा खोली पुँजीको अभावमा व्यापार, व्यावसाय, उद्योग धन्दा खोल्न नपाएका पूर्व सुरक्षाकर्मी र निजमा आश्रित परिवारलाई न्यूनतम व्याजदरमा लगानी गर्ने जानकारी दिनु भयो ।

                सोही कार्यक्रमलाई संबोधन गर्दै संस्थाका महासचिव एवं सहकारीका अध्यक्ष पुष्पराज सुवेदीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लागनी गर्नमा जोड दिने बताउनु भयो । उहाँले कु्नै पनि संस्था अगाडि बढाउन एक्लैले सम्भव नभएको हुँदा सबैले हातेमालो गरेर अगाडि बढेमा सजिलै सफल हुने धारणा व्यक्त गर्नु भयो । पाँच सय सदस्य पुराएर शाखा माग गरेको खण्ड शाखा विस्तार गरी सोही ठाउँबाट सेवा प्रवाह गर्ने पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

सहकारीको रेखदेख गर्न भक्तपुरका जिल्ला संयोजक डिल्लीराम ढुंगेल र ललितपुरको जिल्ला संयोजक कृष्णहरि के सी लाई जिम्मेवारी तोकिएको सोही कार्यक्रममा जानकारी दिइएको थियो ।

केन्द्रीय अध्यक्ष के वी राउत भक्तपुर शाखा उद्घाटन गर्दै
Copyright ©️ हाम्रो समाज
Designed by: Mercury