२०८० जेष्ठ १९ शुक्रबार | ०३:१४ बजे

को को उठेछन् चाँगुनारायण नगरपालिकामा

Share on facebook
Share on telegram
Share on email
Share on whatsapp
Share on print

भक्तपुर । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको लागि अन्तिम नामावली जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । यसै क्रममा भक्तपुरका चारवटै नगरका मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । जस अनुसार चाँगुनारायण नगरपालिकामा मेयरको लागि २० जनाले उम्मेद्वारी दिएका छन् भने ९ जना उपमेयरले आफ्नो नाम दर्ता गराएका छन् ।

मेयरको लागि उम्मेद्वारी दिनेहरुमा अनिल प्रसाद प्रधान –स्वतन्त्र, कृष्णबहादुर लामा – स्वतन्त्र, कृष्णहरि थापा– मौलिक जरोकिलो पार्टी, केशवप्रसाद तिमिल्सिना– नेमकिपा, गुणराज दाहाल –स्वतन्त्र, जीवन खत्री – नेपाली कांग्रेस, दिनेश प्रधान –स्वतन्त्र, नरेश खडका –नेकपा माओवादी केन्द्र, पुष्कर बास्तोला – स्वतन्त्र, विष्णुराज गिरी– नेपाल सुशासन पार्टी, भवानी न्यौपाने –स्वतन्त्र, रविन्द्र प्रताप शाह– राप्रपा, रमेश अधिकारी –स्वतन्त्र, रितेश खडका –स्वतन्त्र, विना बास्तोला –नेकपा एमाले, विष्णुप्रसाद तिमिल्सिना –राप्रपा नेपाल, शशीसुन्दर खडका –स्वतन्त्र, सन्तवहादुर श्रेष्ठ –स्वतन्त्र, सुरेन्द्र दर्जी –आमूल परिवर्तन मसिहा पार्टी र शौरभ श्रेष्ठ –स्वतन्त्र रहेका छन् ।

त्यसैगरी उपमेयरमा उम्मेद्वारी दिनेहरुमा अनोज बुढाथोकी –स्वतन्त्र, कल्पना लामा –नेमकिपा, चण्डिका पाण्डे –नेकपा माओवादी केन्द्र, निरु न्यौपाने –मौलिक जरोकिलो पार्टी, निर्जना थिङ –स्वतन्त्र, मन्जु कार्की –राप्रपा, रमेश बुढाथोकी – नेकपा एमाले, संगिता किलम्बु, तमाखु –राप्रपा नेपाल र शुभद्रा काफ्ले – नेपाली कांग्रेस रहेका छन् ।

निर्वाचनमा उम्मेद्वार बन्ने धेरैको चाहना हुन्छ तर सबैको चाहना पुरा हुँदैन । कतिलाई जनताले चाहेर पनि पार्टीले टिकट दिँदैन भने कतिले जनताले नचाहदा नचाहदै पनि पहुँचको आधारमा  टिकट ल्याउने गरेको पार्टी कार्यकर्ताको गुनासो रहेको छ । यस पटक नेपाली कांग्रेस भित्र यो गुनासो बढी नै सुनिएको छ । चाँगुनारायण नगरपालिकाको लागि वडा अध्यक्षको उम्मेद्वार चयन गर्दा नेपाली कांग्रेसले वडा नं. १ वाट सिजन कार्कीलाई टिकट दिएको छ भने २ बाट सोमप्रसाद प्रधान, ३ बाट गोविन्द थापा, ४ बाट बलबहादुर श्रेष्ठ, ५ बाट जयन्द्र खडका, ७ बाट रमेश लामा, ८ बाट जनक खत्री र ९ नं. वडा बाट टेकबहादुर खत्री क्षेत्रीलाई टिकट दिएको छ । वडा नं. ७ मा विरमान तामाङलाई पार्टीले छाने पनि उनले राप्रपाले प्रदेश निर्वाचनमा सघाएको भन्दै राप्रपाका अध्यक्ष उम्मेदुवार धनबहादुर लामाको नेतृत्वमा चुनावमा जाने र आफू वडा सदस्य मै बस्ने निर्णय गरेका छन् । यता नेपाली कांग्रेस ५ नं. वडा समितिले मनोज थापालाई र ९ नं. वडा समितिले राजकुमार खडकालाई वडा अध्यक्षको उम्मेद्वार भनेर छनौट गर्दा खुशीले गद्गद् भएका उनीहरु उम्मेद्वारी गर्दा पार्टीले टिकट दिन इन्कार गरेपछि हिस्स परेका छन् । केहिले त टिकट पाउने निश्चित भयो भन्दै साथी भाईलाई भोज भतेर गरेको समाचार आए पनि सो को एकिन भने हुन सकेन ।

Copyright ©️ हाम्रो समाज
Designed by: Mercury